Thursday, November 6, 2025

दोलखाको तिखातलमा सवारी दुर्घटना हुँदा एक युवक घाईते


अगेनो सम्वादाता ः असोज ११-दोलखाको भीमेश्वर नगरपालिकामा आज सवारी दुर्घटना हुँदा एक युवक घाईते हुनुभएको छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्वर २ तिखातलमा स्कारपियो र स्कुटर एक आपसमा ठोक्किँदा सोही स्थानका २६ वर्षीय आयुष गौतम घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सीनाले जानकारी दिनुभयो । उहाँका अनुसार चरिकोटबाट दोलखा बजार तर्फ जाँदै गरेको बा प्र ०२–६००२७१ नम्वरको स्कुटर र विपरित दिशाबाट आउँदै गरेको बा १५च ६५९७ नम्वरको स्कारपियो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । घाईते गौतमको दाहिने खुट्टामा चोट लागेको र हाल दोलखा अस्पतालमा उपचार भईरहेको छ भने दुर्घटनामा परेका दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like