Thursday, November 6, 2025

दोलाखाको झुलेमा ६ घर पहिरोको उच्च जोखिम


अगेनो सम्वादाता ः असोज २१- दोलखाको तामाकोशी गाउँपालिकाको झलेमा ६ घर पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाको तामाकोशी गाउँपालिका वडा नम्वर २ झुलेको पातले र सिमबारीका ६ परिवारका ४० जना पहिरोको उच्च जोखिममा पर्नुभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सीनाले जानकारी दिनुभयो । उहाँका अनुसार असोज १७ गते रातीदेखि परेको अविरल बर्षाका कारण युवराज कार्कीका ६ जना, लाल बहादुर ओझाका ८ जना, भक्त बहादुर कार्कीका २ जना, चक्र बहादुर कार्कीका ९ जना, चन्द्र कुमारी कार्कीको ४ जना र मान बहादुर कार्कीको १७ जना गरि ६  ४० जना पहिरोको उच्च जोखिम पर्नुभएको हो । जोखिममा परेका घर परिवारका व्यक्तिहरुलाई तत्कालका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको तामाकोशी गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष ईश्वरराज कार्कीले बताउनुभयो । द्विर्घकालीन स्तान्तरणका लागि सम्वन्धीत निकाएहरुसँग छलफल भई रहेको वडा अध्यक्ष कार्कीको भनाई रहेको छ । 

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like