- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः असोज २१-
दोलखाको विगु गाउँपालिका वडा नम्बर १ लामाबगरको देउरालीमा सुख्खा पहिरो जादाँ सडक अवरुद्ध भएको छ । जिल्लाको विगु गाउँपालिका वडा नम्वर १ लामाबगरबाट ४ किलो मिटर टाढा रहेको देउरालीमा हिजो बेलुका र आज बिहान सुख्खा पहिरो जादाँ सडक अवरुद्ध भएको स्थानीय कर्मा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अवरुद्ध हृदाँ लप्ची बासीहरुका लागि आवात जावात गर्न समस्या भएको छ । सडक खुल्न समय लाग्ने शेर्पाले बताउनुभयो ।