अगेनो सम्वादाता ः भदौ २६- दोलखामा आज पनि बिहान देखी नै सवारीका साधान नचलेको पाईएको छ । जिल्लामा हिजो देखी नै लामा तथा छोटा दुरीका कुनै पनि सार्वजनीक सवारीका साधानहरु नचलेको पाईएको हो । सुरक्षाको प्रत्याभूति नभएसम्म काठमाडौं उपत्यका सहित देशैभरी सार्वजनिक यातायात नचलाउने व्यवसायीले घोषणा गरेसँगै दोलखामा आज आज सार्वजनीक सवारीका साधानहरु नचलेका हुन् । जिल्लामा बिहानै देखी सार्वजनीक सवारीका साधानहरु नचलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुरप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा सामान्य रुपमा केहि निजी सवारीका साधानहरु चलेका छन् । नेपाल सरकारले विभिन्न स्थानमा कफ्र्यू आदेश जारी गरेका कारण असहज परिस्थिति बनेको भन्दै महासंघले यातायात नचलाउने हिजो घोषणा गरेको थियो ।‘