- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,फागुन १३- दोलखाको भीमेश्वर नगरपालिकाको चरिकोट–कालिञ्चोक सडक खण्डको मेलेमा बुधबार विहान सडकबाट चिप्लिएर कार दुर्घटना भएको छ । आज चरिकोटबाट कालिञ्चोकतर्फ जाँदै गरेको बा.प्र. ०१–०५च ०५२२ नम्बरको कार हिउँमा चिप्लिएर सडकबाट झण्डै १५ फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन् । दुर्घटनामा परेर अगाडिको भागमा पुर्ण रुपमा क्षति भएको कारलाई स्काभेटरको सहयोगमा निकालिएका जिल्ला प्रहरी कार्यालय दोलखाका पहरी निरिक्षक श्रीराम तिम्लसीनाले जानकारी दिनुभयो ।