- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,फागुन १०- दोलखाको आलम्पुमा ढुंगा प्रहारबाट एक जना वृद्धा महिला गम्भीर घाइते हुनुभएको छ । जिल्लाको विगु गाउँपालिका वडा नम्वर ६आलम्पुका अन्दाजी ७६वर्षीया चन्द्रिमाया थामी ढुंगा प्रहारबाट गम्भीर हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । गएराति सोही स्थानका अन्दाजी ५२ वर्षीय गोक्सुङ थामीले चन्द्रिमायालाई टाउकोमा ढुंगा प्रहार गर्नुभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार ढुंगा प्रहारबाट चन्द्रिमायाको टाउकोमा चोट लागेको छ । गम्भीर घाईते थामीको काठमाण्डौंको नेसनल अस्पतालको आईसीयुमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ढुंगा प्रहार गर्ने गोक्सुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।