Monday, December 15, 2025

दोलखाको मेलुङमा रहेको त्रिभुवन माध्यमिक विद्यालय तीन दिनका लागि बन्द


अगेनो न्यूज ःमंसिर २८- दोलखाको मेलुङ गाउँपालिकामा रहेको त्रिभुवन माध्यमिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । जिल्लाको मेलुङ गाउँपालिका वडा नम्वर ६ मा रहेको  त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु विरामी भएपछि आजदेखी आगामी पौष १ गते सम्म विद्यालय वन्द गरिएको विद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु,शिक्षकहरु र अभिभावकहरुमा समेत ज्वरो,रुघाखोकी र घाटी दुख्ने समस्या देखापरेपछि  मेलुङ गाउँपालिकाको समन्वय र चिकित्सक सहितको स्वास्थ्य टोलीबाट विद्यार्थीहरुको स्वास्थ्य परीक्षण तथा औषधी वितरण गर्ने कार्य गरिएको र एक प्रकारको सरुवा रोग भएको र छिटो फैलने लक्षण देखिएकाले  थप सुरक्षित रहन कम्तिमा तीन दिन विद्यालय बन्द गर्नु पर्न सुझाव प्राप्त भएपछि विद्यालय वन्द गरिएको हो ।गत बुधबारबाट विद्यालयका  अधिकांश विद्यार्थीहरु,शिक्षकहरु र अभिभावकहरुमा समेत ज्वरो,रुघाखोकी र घाटी दुख्ने समस्या देखा परेको थियो। विरामी हुनुभएको विद्यार्थी मध्ये १ जना चरिकोटमा रहेको पशुपति चौलागाई स्मृति अस्पतालमा उपचार गराएर घर फकिनु भएको छ भने अन्य विद्यार्थीहरु होम आइसुलेसनमा रहनुभएको विद्यालयका प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हाल विद्यालयमा ३ सय २५ जना विद्यार्थीहरु अध्ययन गरिरहनु भएको छ । 


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like