- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःमंसिर २८-प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ । प्रमुख राजनीतिक दलदेखि नयाँ राजनीतिक दलले पनि देशव्यापी रूपमा निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेका छन् । नेपाली कांग्रेसले देशव्यापी रूपमा उम्मेदवार छनोट गरी केन्द्रमा पठाउन थालिसकेको छ । पार्टीलेप्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको उम्मेदवार छनोट गरिरहेको छ ।प्रतिनिधिसभा सदस्यको उम्मेदवारसँगै राष्ट्रियसभाको उम्मेदवारसमेत कांग्रेसले छनोट गरिरहेको छ । दोलखा काङग्रेसले पनि उम्मेदवार छनोटको बारेमा छलफल सुरु गरेको छ । पार्टीले छलफल सुरु गरेसँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य दोलखाका नेता जिपछिरिङ लामाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ । लामाले दोलखाका नेता–कार्यकर्तालाई राखेर नयाँलाई अवसर दिनका निम्ति भन्दै आफूले चुनाव नलड्ने घोषणा गर्नुभएको हो ।“म लड्ने भएँ भने तपाईंहरूले हुन्न भन्न सक्नुहुन्छ र ?त्यसो गरेपछि यो सिट त गयो,”लामाले भन्नुभयो ।“त्यसैले मैले तपाईंहरूलाई मौका दिएको हो । तपाईंहरू मिल्नुस् भनेर यो मौका दिएको हो ।”उहाँले भीमबहादुर तामाङको जिल्लामा कांग्रेसले इज्जत राख्नुपर्ने भन्नुुहुदैँ उहाँको सपना साकार पार्ने व्यक्तिहरू मिलेर अघि बढ्न समेत नेता लामाले आग्रह गर्नुभएको छ । नेताहरूबीच आआफ्नै दाबी हुँदा दोलखा कांग्रेसले अझै उमेदवार सिफारिस गर्न सकेको छैन् र