- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,फागुन १८-दोलखाका ९७ वटा मतदान मध्ये ५२ वटा मतदानस्थल ‘अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । विगतका निर्वाचनमा भएका हिंसात्मक घटना,बुथ कब्जा र भौगोलिक विकटताका कारण हुनसक्ने सुरक्षा संवेदशीलतालाई अध्ययन गरेर ५२ मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार २८ मतदानस्थललाई संवेदनशील र १७ मतदानस्थललाई सामान्य सूचीमा वर्गाीकरण गरिएको छ । संवेदनशीलको आधारमा सुरक्षा कर्मीहरु परिचाल गरिने छ । जिल्लामा १ लाख ७० हजार ३० मतदाता रहेको निर्वाचन कार्यालय दोलखाले जनाएको छ । जिल्लामा निर्वाचनका लागि करिब ५ हजार कर्मचारी परिचालन गरिएको छ । जिल्लामा निर्वाचनका लागि, सुरक्षा कर्मी,निर्वाचन प्रहरी,निजामति कर्मचारी, शिक्षा सहित ४ हजार ९ सय ९६ जना कर्मचारी परिचालन गरिएको हो । जिल्लामा निर्वाचनका लागि नेपाली सेना १ हजार जना, नेपाल प्रहरी ६ सय ३३ जना, निर्वाचन प्रहरी १ हजार ३ सय ५० जना,शसत्र प्रहरी १ सय ४६ जना गरि ३ हजार १ सय २९ जना सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेले जानकारी दिनुभयो । त्यसैगरी जिल्लामा मतदान अधिकृत २ सय १४ जना र सहयाक मतदान अधिकृत २ सय १४ जना सहित निर्वाचन सहयोगी,स्वमसेवक गरी १ हजार ८ सय ६७ जना कर्मचारीहरु परिचालन गरिएको छ । त्यसैगरी जिल्लाको जिरी नगरपालिका र वैतेश्वर, लादुक,शैलुङ लगायतका क्षेत्रमा सुरक्षा वेश राखिएको छ ।