- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,फागुन २२-दोलखामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४९ दशमदव ६० प्रतिशत मत खसेको छ । जिल्लामा हिजो भएको प्रतिनीधी सभाको निर्वाचनमा १ लाख ७० हजार ३ सय २१ मतदाता रहेकोमा ४९ दशमदव ६० प्रतिशत अर्थात ८४ हजार ४ सय ८१ मत खसेको निर्वाचन कार्यालय दोलखाका सुचना अधिकारी विशाल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा पुरूष ४५ हजार ४ सय ५७ जना र महिला ३९ हजार २४ जनाले मतदान गर्नुभएको हो । जिल्लामा २ सय७ मतदान केन्द्रमा मतदान भएको थियो ।