- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,फागुन १५- दोलखामा प्रत्यक्षतर्फ र समानुपातिक दुवैका लागि मतपत्र आईसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ । जिल्लामा फागुन २१ गते हुने निर्वाचनका लागि मतपत्र आईसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका सहायक निर्वाचन अधिकृत अञ्चन भट्रराईले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा प्रत्यक्षतर्फ १ लाख ८३ हजार मतपत्र आएको छ भने समानुपातिकका लागि १ लाख ८७ हजार मत्रपत्र आएको छ । जिल्लामा ९७ वटा मतदान स्थलमानै फागुन १८गते सम्म मतपत्र लगायतका सामग्रीहरु पुÞ¥याई सकिने छ । जिल्लाको गौरीशंकर गाउँपालिकाको वेदिङ र लामावगरको लप्चीमा सुरक्षाकर्मी सहित बोकाएर मतपत्र लगायतका सामग्रीहरु लगिने तयारी भईरहेको छ । हाल प्याकिङको काम सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।