- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,फागुन १५- दोलखामा फागु पूर्णिमा (होली) पर्वलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । निर्वाचनको प्रचारप्रसार र मौन अवधि भित्र नै होली पर्व परेकाले निर्वाचन आचारसंहिताको पूर्ण परिपालना र सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकतामा राखिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । जिल्लाका राजनीतिक दल,उम्मेदवार र सर्वसाधारण सबैलाई आपसी सद्भाव र शान्तिपूर्ण वातावरण कायम राख्न विशेष अपिल गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । होली पर्व मनाउने क्रममा कसैको इच्छा विपरीत जबरजस्ती गर्ने वा अमर्यादित र उच्छृङ्खल व्यवहार देखाउनेलाई प्रशासनले कडा निगरानीमा राख्ने जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । सूचनामा विशेष गरी मादक तथा नशालु पदार्थको बिक्री–वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइनुका साथै मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई तत्काल कारबाही गरिने उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको यो निर्देशन र प्रचलित कानुनको उल्लंघन गरी कोही कसैले कानुन विपरीतका कार्य गरे वा गराएको पाइएमा कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।