- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,चैत १३- दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्वर ९ सुन्दावतीमा आज आगोलागि हुदाँ ५ घर पुर्णरुपमा जलेर नष्ट भएको पाईएको छ । जिल्लाको सुन्द्रावतीमा आज दिउसो करिब ३ बजे तिर आगोलागी हुदाँ ५ वटा घर पुर्णरुपमा जलेर नष्ट भएको नेपाल रेडक्रस सोसाईटी उपशाखा सुन्द्रावतीका सभापति बालकृष्ण खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार भुकम्प पछि निर्माण भएका धन बहादुर थामी,ईन्द्र बहादुर थामी र नन्दप्रसाद रेग्मीको घर सहित घर भित्र रहेको सम्पुर्ण सामग्रीहरु जलेर नष्ट भएका छन् भने मेख बहादुर थामी र खड्ग बहादुर थामीको घरमा रहेका केहि सामाग्रीहरु निकाल सकिएको सभापति खड्काले बताउनुभयो । आगो स्थानीय नागरिक प्रहरी लगायतको सहयोगमा नियन्त्रणमा लिईएको छ । आगोलागीको कारण र आगोलागीबाट भएको क्षति विवरण भने आउन बाँकी रहेको खड्काको भनाई रहेको छ ।