Friday, April 17, 2026

दोलखाको जिरीमा प्रदेश स्तरीय पर्यावरण साहित्य सम्मेलन हुदैँ


अगेनो न्यूज,चैत १२- दोलखाको जिरी नगरपालिकामा तीन दिने बागमती प्रदेश स्तरीय पर्यावरण साहित्य सम्मेलन आयोजना हुने भएको छ ।जिरी नगरपालिका र वागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा दोलखाको जिरी नगरपालिकामा चैत २७ देखी २९ गते सम्म वागमती प्रदेशस्तरीय पर्यावरण साहित्य हुन लागेको हो । सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका साहित्यकारहरूका साथै राष्ट्रियस्तरका स्रष्टाहरूको सहभागिता हुने वागमती प्रदेशस्तरीय साहित्य सम्मेलन आयोजक समितिका सदस्य भोला खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार वन तथा वातावरणका विषयलाई साहित्यमार्फत मूल प्रवाहमा ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । सम्मेलनले पर्यावरण संरक्षणप्रति साहित्यिक क्षेत्रको सक्रियता बढाउने अपेक्षा गरिएको छ  ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like