Wednesday, December 17, 2025

दोलखाको शैलुङमा दुई दिने स्वास्थ्य शिविर सुरु


अगेनो न्यूज ःमंसिर १६-दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ८मा आजबाट दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । शैलुङ गाउँपालिका वडा नम्वर ८ को आयोजना,एसएस फाउण्डेशन काठमाण्डौँको सहयोग र सुस्वास्थ्य हस्पितल काठमाण्डौँको प्राविधिक सहयोगमा भएको शिविरको पहिलो दिन आज शैलुङ गाउँपालिका वडा नम्वर ७, ८,मेलुङ गाउँपालिका वडा नम्वर १,३ र ४ का १ सय ७६ जना विरामीले सेवा लिनुभएको वडा नम्वर ८ का वडा अध्यक्ष धन बहादुर तमाङले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा कमर दुख्ने, नसा च्यापिएको,गर्दन दुख्ने, माईग्रेन,घुडा दुख्ने र जोर्नी दुख्नेहरुको सुस्वास्थ्य हस्पिटल काठमाण्डौँका बरिष्ठ विशेषज्ञ र चिकित्सकहरूद्वारा फिजियोथेरापी,अकुपन्चर, प्राकृतिक चिकित्साद्वारा चेकजाँच र उपचार भईरहेको छ । सुस्वास्थ्य हस्पिटल काठमाण्डौँका फिजियो थेरापिष्टहरुको टोलिलाई वडा अध्यक्ष तमाङले स्वागत गर्नुभएको थियो । शिविर भोली सम्म सञ्चालन हुने छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like