Monday, September 22, 2025

पिपिआर रोगका कारण दोलखामा १२ बाख्रा मरे



अगेनो सम्वादाता साउन १४-दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर १ देउरालीमा पिपिआर रोगका कारण  कृषकहरुले पालेका १२ वटा बाख्रा मरेका छन् । गत असार महिनाबाट फैलिएको पिपिआर रोगका कारण वडा नम्बर १ मा कृषकहरुले पालेका १२ वटा बाख्रा मरेको जिल्ला पशु सेवा कार्यालय दोलखाका सुचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार देउरालीका कृषक विनोद बस्नेतले पाल्नु भएको १४ वटा मध्ये १२ वटा बाख्रा पिपिआर रोगका कारण मरेका छन् भने सोहि स्थानका रुद्र शिवाकोटीले पाल्नु भएका केहि बाख्राहरु विरामी रहेका छन् । बस्नेतले गत असार महिनामा काठमाण्डौँबाट २ वटा बोका ल्याउनु भएको र त्यहि बोकाहरु ल्याएको केहि दिनपछि असार महिनाबाटनै बस्नेतका बाख्रा बिरामी परेको पाईएकोे कार्यालयले जनाएको छ । बस्नेतले १० वटा बाखा्र मरेपछि साउन ५ गतेबाट पशुसेवा कार्यालय दोलखामा जानकारी गराउनु भएको थियो । मरेका बाख्राहरुको केन्द्रीय प्रयोगशालामा नमूना परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । पिपिआर फैलिएको स्थानमा स्थानीय तहको समन्वयमा पिपिआर रोगको खोप लगाईने छ । 


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like