- by agenonews
- Jul 23, 2025
अगेनो सम्वादाता साउन ८- दोलखाको कालिञ्चोक गाउँपालिकामा सामूहिक धान रोपाइँ गरिएको छ । जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नम्वर ८ सुनखानीमा हाम्रो साना किसान कृषि सहकारी संस्थाको अगुवाई तथा वडा कार्यालयको सहयोगमा करिब ५० रोपनी बाँझो खेतमासामूहिक धान रोपाइँ गरिएको हो । बाँझो रहेको खेतलाई सदुपयोग गदै युवाहरुलाई कृषि कर्ममा प्रोत्साहित गर्ने उद्धेश्यले सामूहिक रोपाइँ गरिएको हाम्रो साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष होमप्रसाद पाठकले बताउनु भयो । व्यवसायिक कृषि आजको आवश्यकता भएकाले सामुहिक रुपमा धान रोपाई गरिएको अध्यक्ष पाठकको भनाई छ । कृषि पेशामा लागेर पनि आम्दानी गर्न सकिन्छ भने सन्देश दिन सामुहिक खेती अभियानले सहयोग पुग्ने पाठकको अपेक्षा छ । अध्यक्ष पाठकका अनुसार सामुहिक रोपाई गरिएको खेतमा स्थानीय जातको पोखरेली सहित उन्नतजातको धान पनि रोपिएको छ । सामुहिक धान रोपाई कार्यक्रममा सहकारी संस्थाका पधाधिकारी,सदस्यहरु, जनप्रतिनिधि सहित कृषकहरुको सहभागीता रहेको थियो ।