Thursday, November 6, 2025

दोलखामा हराउँदै रातोमाटो र कमेरोले घर पोत्ने प्रचलन


अगेनो सम्वादाता ः असोज १०- दोलखाका गाउँगाउँमा दशै आएसँगै माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै गएको छ । एक दशक अघिसम्म गाउँगाउँमा माटो र कमेरोले घर रंग्याउने चलन थियो । तर, अहिले पक्की घर बन्दै गएको र कच्ची घरमा पनि बजारबाट ल्याइएका रंगको प्रयोग गर्न थालिएको स्थानीयको भनाई रहेको छ । दशैको घटस्थापना सुरु भएदेखिनै पहरा भित्रको कमेरोले घर रंग्याउने भन्ने चिन्ता हुन्थ्यो। सबै भन्दा राम्रो रातोमाटो  कमेरो कुन ठाउँमा पाइन्छ भनेर खोजेर ल्याएर रंग्याउने गरिएको भएपनि अहिले भने त्यो चलन हराउँदै गएको दोलखाको विगु गाउँपालिकाका मैयाँ खड्काले बताउनुभयो । २०७२ सालको भुकम्प पछिल्लो समय आधुनिकतासँगै सिमेन्टको प्रयोग हुन थालेपछि ती वस्तुको प्रचलन हराउँदै गएको हो । भुकम्प अघि सम्म हाम्रो तिरका परम्परागत शैलीमा ढुङ्गा र माटोबाट बनेका घरहरुमा कमेरो र रातोमाटोको प्रयोग हुने गर्दथ्यो । तर भुकम्प पछि  घर बनाउँदा सिमेन्टको प्रयोग हुन भयो र परम्परागत शैलीमा बनेका घरहरुमा पनि सिमेन्टले प्लस्टर गर्न थालिएपछि कमेरो र रातोमाटोको सट्टामा बजारिया आयातित रङ कलरको प्रयोग हुन थालेको शैलुङका राजु कार्की बताउनुहुन्छ ।दसैँका बेलामा टाढा टाढासम्म कमेरो र रातोमाटो लिन जान्थ्यौं, कमेरोले घरको माथिल्लो भाग र रातोमाटोले घरको तल्लो भागमा लिप्ने पोत्ने गथ्र्यौं ।”कार्कीले  भन्नुभयो, “अहिले त त्यो प्रचलन हरायो, हाम्रो त भुकम्प पछि पुरा घरहरु पनि छैन् । घरमा अहिले बजारिया रङ लगाउने चलन आयो, कमेरो र रातोमाटो त उस्तै परे देख्न पनि छोडिसक्यो ।”छिल्ला समयमा सिमेन्टको प्रयोग बढ्न थालसँगै सर्वसाधारणले माटो, कमेरोको विकल्पमा आधुनिक रङको प्रयोग गर्ने गरेको स्थानीयहरुको भनाई रहेको छ ।जिल्लाका अधिकांश गाउँमा पछिल्ला केही वर्षयता घरको मौलिक सुन्दरता संकटान्मुख छ। ‘विगतमा घरमा रातो माटो, खोटो र कमेरोले लिपपोत गर्नु दशैँ तिहारसँगै जोएिको संस्कृतिको अर्को पाटो जस्तै बनेको थियो’, कार्कीले्, ‘आधुनिकतासँगै विगतका प्रचलन हराउँदै गएपछि अहिलेको पुस्तालाई भने ती कुरा इतिहास जस्तै बन्ने गरेका छन् ।’



Super Admin

agenonews

Please Login to comment in the post!

you may also like