- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः असोज ९- दोलखाको सदरमुकाम चरिकोटकामा रहेका पसलहरुको बुधबार अनुगमन गरिएको छ । जिल्लाको भीमेश्वर नगरपालिकाले शुरु गरेको चाडपर्व लक्षित बजार अनुगमन चरिकोटमा रहेको कृषि बजारमा गरिएको हो । अनुगमनको क्रममा फेन्सी पसलमा पनि खाद्यान्नका सामग्रीहरु विक्रि वितरण गर्ने गरेको पाईएको नगरपालिकाका बजार निरिक्षण अधिकृत माधव प्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकामा व्यवसाय दर्ता नभएको, साईनबोर्ड नभएको,मुल्य सूची नभएको जस्ता समस्या देखिएको छ । त्यसैगरी सडकमा समेत सामग्रीहरु राखेर विक्रि वितरण गर्ने गरेको पाईएकोनगरपालिकाले जनाएको छ । सटर भाडा लिएको भएपनि कृषि बजारमा सडकमा सामग्रीहरु राखेर विक्रि वितरण गरेको पाईएको छ । पहिलो पटकका सचेत गराईएको र तोकिएको समयभित्र निर्देशन गरिएका काम नभएका पुनः अनुगमन गरेर कानुन बमोजिम कारबाही गरिने नगरपालिकाको बजार अनुगमन समितिले जनाएको छ ।चाडपर्वको बेला व्यापारीले अस्वस्थकर खानेकुरा बेच्न सक्ने जोखिम धेरै रहेकोले कडाईका साथ बजार अनुगमन गरिएको नगरपालिकाले जनाएको छ । अनुगमनमा भीमेश्वर नगरपालिका अनुगमन समितिका संयोजक कमला बस्नेत,निरिक्षण अधिकृत माधव प्रसाद सुवेदी,प्रहरी प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको छ ।