- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः असोज २६- दोलखामा दशैं पर्व सुरु हुनु महिना दिनअघिदेखि नै गाउँघरमा बाबियो, काठ काट्न भ्याइनभ्याई हुन्थ्यो । पिङ तयार पार्न खरबारी,जङ्गलमा बाबियो काट्ने, काठ तयार पार्ने, बोक्नेको चहलपहलले दशैंको रौनकता छाउँथ्यो । अहिले भने परम्परागत पिङ बनाउने र खेल्नेको उत्साह नहुँदा संस्कृति नै हराउँदै गएको छ । आधुनिक प्रविधिको प्रयोग र सुख सुविधाले पुराना संस्कृति नै हराउँदै जान थालेका बताउनुहुन्छ भीमेश्वर नगरपालिका तिर्थकुमारी चौलागाईले बताउनुभयो । पहिले पहिले दशैको बेला दोलखाका धेरै ठाउँमा देखिने पिङ आजकाल देख्न मुश्किल पर्ने थालेको हो । दशैंको मुख्य आकर्षन ठानिने पिङ गाउँघरबाट हराउँदै जान थालेको स्थानीय बताउछन् । गाउँघरमा युवा पुस्ताको पलायन,बदलिदो चाहना, पुराना सँस्कृति प्रतिको बिकर्षण लगायतका कारण पिङ लोप हुने अवस्थामा पुगेको स्थानीय जेष्ठ नागरिकहरुले गुनासो गरेका छन् । विगतमा महान चाड, बडा दशैं, तिहारको बेला सार्वजनिक स्थलमा परम्परागत, लिङ्गे पिङ,रोटे पिङ आदी देख्न पाईन्थ्यो तर अहिले गाउँघरमा पिङ लोपहुदै जान थालेको दोलखा जुगुका कर्ण बहादुर कार्कीले वताउनुभयो । युवाहरुको सकृयता र बुढापाको सहयोगमा पिङ राख्ने प्रचलन कुनै समय व्यापक नै थियो । आजभोली गाउँघरमा युवाको जमात निकै कम छ त्यसैले पनि पिङ हराउदै गएको दोलखाकोे कालिञ्चोक गाउँपालिका वडा नम्वर ७का दान बहादुर श्रेष्ठले बताउनुभयो ।