Thursday, November 6, 2025

दोलखाको तामाकोशी गाउँपालिकाले पहिरो पिडीतलाई ५० हजार अनुदान दिने


अगेनो सम्वादाता ः असोज २५- दोलखाको तामाकोशी गाउँपालिकाले पहिरोको उच्च जोखिममा परेका पिडीत परिवारलाई ५० हजार रुपैयाँ रकम दिनेभएको छ ।जिल्लाको तामाकोशी गाउँपालिकाको विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले पहिरोको उच्च जोखिममा परेका पिडीत परिवारलाई ५० हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको तामाकोशी गाउँपालिका वडा नम्वर २का वडा अध्यक्ष ईश्वराज कार्कीले जानकारी दिनुभयो । पालिकाको विपद व्यवस्थापन समितिका अध्यक्ष एंव पालिकाका अध्यक्ष प्रोणप्रताप केसीको अध्यक्षतामा  बसेको बैठकले पुर्णरुपमा घर जोखीममा परेर अन्यन्त्र सर्नु पर्ने अवस्था भएका घरपरिवारलाई ५० हजार रुपैयाँ रकम अनुदान दिने निर्णय भएको हो । बैठकले वडा नम्बर २ झुलेको रातो पहिरो सिमबारी र वडा नम्बर १ भिरकोटको जोगिटार माझीगाउँ पहिरोको उच्च जोखिममा रहेका परिवारलाई ५० हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको पालिकाले जनाएको छ । पहिरोको उच्च जोखिममा रहेका परिवारको वडाभित्र सुरक्षित स्थानमा आफ्नै नाममा जग्गा भए सोहि जग्गामा र सुरक्षित स्थानमा जग्गा नभए वडाले सिफारिस गरेको जग्गामा अस्थायी आवास बनाउनुपर्ने वडा अध्यक्ष कार्कीले बताउनुभयो । बैठकले असोज १८ गतेको अविरल वर्षाको कारण तामाकोशी गाउँपालिका वडा न २ को रातो पहिरो र वडा नम्वर १ को जोगिटार माझीगाउँ पहिरोको कारण तपशील बमोजिमको १३ घरधुरी उच्च जोखिममा परी तत्काल स्थानान्तरण गरी सुरक्षित स्थानमा पुनस्थापना गर्नुपर्ने फिल्ड सर्भे र प्रहरी मुचुल्काबाट देखिएकोले पहिरोबाट प्रभावित घर परिबारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी पुनस्थापना गर्न आवश्यक बजेट र पहलका लागि राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गरिदिन जिल्ला प्रशासन कार्यालय दोलखालाई पत्राचार गर्ने निर्णय गर्ने निर्णय गरेको छ ।



Super Admin

agenonews

Please Login to comment in the post!

you may also like