- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःमंसिर २०- दोलखाको सदरमुकाम चरिकोटमा लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवालाको भुमीका विषयक अन्तर पालिका माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति दोलखाको महिला विभागको आयोजनामा चरिकोटमा रहेको द राइजिङस्टार इङ्लिस बोर्डिङ स्कुलमा भएको प्रतियोगीतामा मोर्डन नेपाल बोडिङ स्कुल चरिकोटका कुसुम थपलिया प्रथम,कालीनाग मावि सुनखानीका श्रीकृष्ण उप्रेती द्धितिय,हनुमन्तेश्वर मावि मैनापोखरीका मनिषा खत्री तृतिय र गोल्मेश्वर मावि मालुका प्रकृति कार्की सान्त्वना हुनुभएको छ ।“लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सफल पारौं, प्रविधिको सहि प्रयोग गरौँ लैङ्गिक हिंसा अन्त्य गरौँ”भन्ने मुलनाराका साथ भएको प्रतियोगीता विजयी प्रतियोगीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो । प्रतियोगीतामा जिल्लाका पालिकामा भएको लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवालाको भुमीका विषयक पालिका स्तरीय प्रतियोगीतामा प्रथम हुनुभएको ८ जना प्रतियोगीहरुको सहभागीता रहेको थियो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखा महिला विभागका संयोजक पम्फामाया श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सङ्गठनका जिल्ला समितिका अध्यक्ष किशोर दाहाल,भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला,मेलुङ गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्य,सङ्गठनका लेखा समिति संयोजक केशब सेढाईं,सङ्गठनका कालिन्चोक गाउँपालिका अध्यक्ष चित्र बहादुर खड्का,मेलुङ गाउँपालिकाका अध्यक्ष शिखर भण्डारी,बैतेश्वर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पोखरेल,निर्णायक समिति संयोजक समीरा बस्नेत र जिल्ला समिति उपसचिव अम्बिका कार्की लगायतले मन्तव्य राख्नुभएको थियो ।