Tuesday, December 16, 2025

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते


अगेनो न्यूज ःमंसिर २१- दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्वर ६ बुस्ति स्थित तामाकोशी मन्थली खडक खण्डमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मुत्यु भएको छ भने अर्को एक जना घाईते हुनुभएको छ । जिल्लाको तामाकोशीबाट मन्थलीतर्फ जाँदै गरेको बा ५२ प४२९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल तामाकोशी नदी किनार नजिकैको बगरमा खसेर दुर्घटना हुदाँ दुई जना घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिम्लसीनाले जानकारी दिनुभयो ।उहाँँका अनुसार दुर्घटनाममा परि घाईते हुनुभएको मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका वडा नम्वर १ गैरीमुदी बस्ने ३० वर्षीय अंकितराज उप्रेतीको चरिकोटमा रहेको पशुपति चौलागाई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा पछाडि सवार अर्को घाईते मेलुङ गाउँपालिका १ पवटीका ३० वर्षीय दोर्जे लामा घाईतेको उपचार भईरहेको छ ।  घटनाको जानकारी पाएपछि प्रहरी टोली तत्काल खटिएको र दुर्घटनामा परेका दुबै घाइतेलाई उद्धार गरी पशुपती चौलागाई स्मृति अस्पताल चरिकोट पठाइएको थियो । प्रहरीले दुर्घटनामा भएको मोटरसाइकल नियन्त्रणमा लिएको र थप अनुसन्धान गरिरहेको जनाएको छ ।  


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like