Thursday, November 6, 2025

दोलखामा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिने धेरै


अगेनो न्यूज ःकात्तिक २०-दोलखामा नयाँ भन्दा प्रतिलिपी नागरिकता लिनेको सङख्या वढि भएको पाईएको छ । जिल्लामा तीन महिनाको अवधिमा २ हजार २ सय भन्दा बढिले नागरिकता लिनुभएकोे छ । जिल्ला प्रशासन कार्यालय दोलखाबाट चालु आर्थिक वर्ष २०८२÷०८३ को गत साउन देखी गत असोज सम्म अर्थात तीन महिनाको अवधिमा २ हजार २ सय १९ जनाले नागरिकता लिनुभएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।जिल्लामा उक्त अवधिमा नयाँ नागरिकता महिला ४ सय १७ जना,पुरुष ४ सय २५ जना गरी ८ सय ४२ जना,प्रतिलिपि नागरिकता महिला ६ सय ४० जना, पुरुष ६ सय ३५ जना गरी १ हजार २ सय ७५ जनाले लिनुभएको छ भने अंगिकृत नागरिकता २ जना महिलाले लिनुभएको प्रशासन कार्यालय दोलखाले जनाएको छ । नागरिकले नागरिकतालाई माया नगर्ने, जथाभाबी फ्याँक्ने,हराउने र सानातिना गल्ती भएका कारण पनि प्रतिलिपि बनाउने बढेको  दोलखाका सहयाक प्रमुख जिल्ला अधिकारी एंव सुचना अधिकारी औलख बहादुर आलेले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समयमा राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य रूपमा नागरिकता आवश्यक पर्ने हुदाँ टोलीमा नागरिकता बनाएकाको  श्रीमान श्रीमती र बाबु आमाको नाम नमिल्ने गरेका लगायत कारण पनि नयाँ भन्दा प्रतिलिपी नागरिकता लिनेको सङख्या बढि भएको पाईएको छ । 


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like