Thursday, November 6, 2025

दोलखाको मेलुङ गाउँपालिकाले बाबु आमा विहिन बालबालिकाको विवरण संकलन गर्ने


अगेनो न्यूज ःकात्तिक २०-दोलखाको मेलुङ गाउँपालिकाले बाबु आमा विहिन बालबालिकाको विवरण संकलन गर्ने भएको छ । पालिकाले बागमति प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक सर्शत अनुदान कार्यक्रम कार्यान्वयनका लागि बाबु आमा विहिन बालबालिकाको विवरण संकलन गर्न लागेको गाउँपालिकाका अध्यक्ष हिराकुमार तमाङले जानकारी दिनुभयो । उहाँँका अनुसार पालिकामा रहेका बाबु आमा विहिन बालबालिकाले आगामी पुष १७ गते सम्म कागजात सहित सम्वन्धीत वडा कार्यालयमा निवेदन दिनुपर्ने छ । आमाबुबा विहीन बालबालिका संरक्षण कार्यक्रम अन्तर्गत बागमति प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ देखि बालबालिकालाई मासिक दुई हजारका दरले भत्ता वितरण गदै आएको छ  ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like