Wednesday, March 18, 2026

दोलखामा १० राजनितिक दल,१९ स्वतन्त्र सहित २९ उम्मेदवारको जमानत जफत


अगेनो न्यूज,फागुन ३०- दोलखामा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा २९जना उम्मेदवारको जमानत जफत भएको पाईएको छ । खसेको मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेको कारण २९ जना उम्मेदवारको जमानत जफत भएको हो । एक निर्वाचन क्षेत्र रहेको दोलखामा ८४ हजार ४ सय ८१ मत खसेको थियो । खसेको मतको १० प्रतिशत अर्थात् ८ हजार ४ सय ४८ दशमवल १ मत प्राप्त गर्ने उम्मेदवारको मात्र जमानतबाट १० हजार रुपैयाँ फिर्ता हुने प्रावधान रहेको छ । जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल, एमालेका पार्वत गुरुङ, नेपाली कम्युनिष्ट पार्टीका विशाल खड्का  र नेपाली कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीले मात्र खसेको मतको १० प्रतिशत मत प्राप्त गर्नुभएको छ । बाँकी १० वटा राजिनिति दल र १९ जना स्वतन्त्र उम्मेदवारहरुको जमानत जफत भएको निर्वाचन कार्यालय दोलखाले जनाएको छ । जमानत जफत हुनेमा राजनितिक दलहरुमा उज्यालो नेपाल पार्टीका निमा दोर्जे लामा,राप्रपाका प्रविण कुमार थोकर,श्रमसंस्कृति पार्टीका हेपबहादुर थामी,राष्ट्रिय परिवर्तन पार्टीका सुदर्शन कार्की,नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का राजकुमार लामिछाने,मङ्गोल नेशनल अर्गानाइजेशनका कुमार तामाङ,जनता समाजवादी पार्टीका गोपाल नेपाली, प्रगतिशील लोकतान्त्रिक पार्टीका कमल खत्री, नेपाल मजदुर किसान पार्टीकी विमला श्रेष्ठ र आम जनता पार्टीका शुक्र तामाङको जमानत जफत भएको निर्वाचन कार्यालय दोलखा सुचना अधिकारी विशाल केसीले जानकारी दिनुभयोे । उहाँँका अनुसार स्वतन्त्र उम्मेदवारहरू विनोद घिमिरे,कर्ण बहादुर फुयाल,माधव कोइराला खत्री,पूर्णबहादुर शिवाकोटी,सन्देश कोइराला,हरिबोल बस्नेत,सुरेश उप्रेती, शर्मिला फुयाल चौलागाईं ,प्रकाश दहाल, संगीता श्रेष्ठ,सुदीप खड्का, रमिला कार्की,पुष्कर कुमार अधिकारी,महेन्द्र खड्का, भारत श्रेष्ठ,रामकाजी लामा,रिमबहादुर ओली,लुक दोर्जे शेर्पा र सुमन थापा जमानत जफत भएको भएको हो ।







Super Admin

agenonews

Please Login to comment in the post!

you may also like