- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,फागुन २९- दोलखामा यसवर्षको माध्यमिक शिक्षा परीक्षामा (एसईई) मा २ हजार ३ सय २२ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् । जिल्लामा आगामी चैत १९ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षामा ९५वटा विद्यालयका २ हजार ३ सय २२ परिक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई दोलखाले जनाएको छ । जिल्लामा एसईई परिक्षामा ८३ वटा सामुदायिक विद्यालयका २ हजार ७१ जना,११ वटा संस्थागत विद्यालयका २ सय ३४ र एउटा खुला विद्यालयबाट १७ जना परीक्षार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई दोलखाले जनाएको छ ।