- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,फागुन २४- दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल निर्वाचित हुनुभएको छ । खरेल ३२ हजार ३ सय ७६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पार्वत गुरुङले १७ हजार ४सय ४९ मत प्राप्त गर्नुभएको छ । खरेलले १४ हजार ९सय २७ मतान्तरले जित हासिल गर्नुभएको हो । त्यस्तै, नेकपाका उम्मेदवार विशाल खड्काले १३ हजार ६५ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले १२ हजार २ सय ९८ मत पाउँनुभएको छ ।