Thursday, November 6, 2025

वेस्ट इन्डिज विरुद्ध नेपाल १९ रनले विजयी


 अगेनो न्यूज असोज-११,

यूएईको शारजाहा क्रीकेट स्टेडियममा आजदेखि सुरु भएको त्रीकोणात्मक सिरिजको  पहिलो खेलमा नेपालद्वारा वेस्ट इन्डिजलाई १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ । T-20 सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाउँदै १४९ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाए । गुल्शन झाले २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । १२ रनमै २ विकेट गुमेको अवस्थाबाट रोहित र मल्ल मिलेर तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । 

खेलको दोश्रो इनिङमा लक्ष्य पछ्याउने क्रममा वेस्स्ट इन्डिजका नविनले सर्वाधिक २२ रन जोडेका छन । त्यसैगरी अमिरले १९,एलिनले १९ हुसेनले १८, कर्टिले १६ र Auguste ले १५ रन जोड्दै अल ओभर खेल्दै ९ विकेटको क्षतिमा १२९ रन जोडेको छ । 

नेपालका लागि सर्वाधिक ३ ओभरमा २ विकेट लिएका छन । नेपाल र नेपालि क्रीकेटका लागि यो ऎतिहासिक जित बनेको छ । टेस्ट रास्ट्र बिरुद्धको पहिलो जित हो ।

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like