Thursday, November 6, 2025

हराएको ८ दिनपछि दोलखाको विगुमा एक पुरुषको शव फेला


अगेनो न्यूज असोज १२- दोलखाको विगु गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको मुत्यु भएको छ । यहि असोज ३ गते देखी बेपत्ता हुनुभएको जिल्लाको विगु गाउँपालिकामा वडा नम्वर १ का ५२ वर्षिय बहादुर तामाङको शव बेपत्ता भएको८ दिन पछि फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सीनाले जानकारी दिनुभयो । उहाँका अनुसार तामाङ लामावगरको सेतीदेबी सामुदायिक बनमा च्याउ खोज्न जानु भएको थियो । सोहि क्रममा बेपत्ता हुनुभएको थियो । तमाङको खोजीका लागि ४ गतेबाट प्रहरी कार्यालय लामाबगर,सिमा सुरक्षा बेस क्याम्पलामाबगर दोलखा,गरुण दल गुल्म लामाबगर दोलखाबाट नेपाली सेनाको कमाण्डमा १८ जनाको टोली  खटाईएको छ । उक्त टोली समेत फेला पार्न नसकेको अवस्थामा  हिजो स्थानीयले घट्टेखोलाको पानीको छाँगामा लास फेला परेको भन्ने खबर गरेका थिए । खबर प्राप्त हुनासाथ प्रहरी सेना सशस्त्र समेत पुगी हेर्दा तमाङको  शव फेला परेको हो । लास सडिसकेको अवस्थामा फेला परेको र आफन्ताले शवको पहिचान गरेसँगै मुचुल्का लगाएतको कानुनी प्रकिया पुरा गरी मृतकको श्रीमती सोमती तामाङलाई शव बुझाएको जिल्लाप्रहरी कार्यालय दोलखाले जनाएको छ ।



Super Admin

agenonews

Please Login to comment in the post!

you may also like