- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः असोज ६- दोलखाको वैतेश्वर गाउँपालिकामा आगलागी हुदाँ एक घर पुर्णरुपमा जलेर नष्ट भएको छ । जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्वर २ का सङरी तामाङको घरमा आगलागी नहुदाँ घर पुर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सीनाले जानकारी दिनुभयो । उहाँका अनुसार व्लकले बनेको एक तले जस्ताले छाएको घरमा चुलोबाट अचानक आगो सल्किन गइ आगलागी हुदाँ घर भित्र रहेको भाँडावर्तन, अन्नपात मकै ३० पाथी, धान ४० पाथी जली नष्ट भएको छ भने कुखुरा २० वटा जलेर मरेका छन् भने नगद २० हजार रुपैयाँ समेत जलेको छ । आगो प्रहरीको टोली र स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।