- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः असोज -७-परोपकार महिला बचत तथा ऋण सहकारी दोलखाको १४ औँ वार्षिक साधारण सभाले अप्सरा चौलगााईको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरिएको छ । सभाले चौलगााईको अध्यक्षतामा ४ वर्षका लागि ९ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा शुसीला थापा,सचिवमा कल्पना आर्चाय,कोषाध्यक्ष जानकी सापकोटा चयन हुनुभएको छ भने सदस्यहरुमा निशा जोसी,सावित्री खड्का, गंगा शिवाकोटी,तारा चौलगाई र अम्वीका वयलकोटी चयन हुनुभएको छ । यसैगरी राधिका खुलालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरिएको छ । समितिको सदस्यमा अप्सरा घिमीरे र अनिता श्रेष्ठ चयन हुनुभएको छ । २०६८ सालमा स्थापना भएको सहकारीमा गत असार मसान्त सम्म १ हजार ९सय ७६ जना महिला शेयर सदस्य रहेको छन् भने गत असार सम्म १६ करोड ९ लाख ६३ हजार १ सय ९१रुपैयाँ बराबरको कुलपुँजी रहेको छ ।