Thursday, November 6, 2025

महिलाले नेतृत्व गरेको परोपकार महिला साकोस दोलखाको कुलपँजी १६ करोड बढि


 अगेनो सम्वादाता ः असोज ६- दोलखाकोे चरिकोटमा रहेको परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सर्मीला सापकोटाको अध्यक्षतामा भएको साधारण सभामा संस्थाका सचिव कल्पना आचार्यले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने संस्थाका कोषाध्यक्ष भवानी खड्काले १६ करोड ९ लाख ६३ हजार १ सय ९१ रुपैयाँको बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी लेखा सुपरिवेक्षण समितिका संयोजक जानकी सापकोटाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाको अवसरमा संस्थाले जेष्ठ शेयर सदस्य छत्रकुमारी न्यौपाने, उत्कृष्ट शेयर खरिद कर्ता गोमा श्रेष्ठ,उत्कृष्ट मासिक बचत कारोबारकर्ता भगवती न्यौपाने,उत्कृष्ट मासिक बचत कर्ता रञ्जिता सापकोटा, उत्कृष्ट दैनिक बचतकर्ता सीता भट्रराई,उत्कृष्ट दैनिक बचत कारोबार गर्ने रविना बजगाई,उत्कृष्ट बाल सदस्य साहारा बस्नेत,पुर्व सञ्चालक मैयाँ श्रेष्ठ र दाहाल  र उत्कृष्ट कर्मचारी खेलमाया श्रेष्ठलाई नगद सहित सम्मान गरिएको छ ।साधारण सभामा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष जिवशराज खड्का, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवीप्रसाद शमा, सहकारी संस्थाका उपाध्यक्ष अप्सारा चौलगााई र सहकारी संस्थाका ऋण लगानी तथा असुली उपसमितिका सदस्य शान्ती नेपाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । २०६८सालमा स्थापना गरिएको सहकारीमा गत असार मसान्त सम्म १ हजार ९ सय ७६ जना शेयर सदस्य रहेको छन् ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like