Monday, December 15, 2025

आनन्द प्रसाद पोखरेलः ११ औं महाधिवेशनमा सचीवको उम्मेदवार : के -के छन जित्ने आधार ?


मङ्सिर २५ :  एमालेको ११औं  महाधिवेशन भक्तपुरको सल्लाघारी तिनकुने मैदानमा यहि मङ्सिर २७ गते उद्घाटन हुँदैछ । उद्घाटन हुन ४ दिन बाकी हुँदादेखि नै पार्टीभित्र चहलपहल बढेको छ । देशभरबाट महाधिवेशनका लागि प्रतिनीधिहरु छनौट भइसकेका छन् । आउँदो शनिबार भक्तपुरमा  महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच अध्यक्ष पदको प्रतिस्पर्धा हुने देखिन्छ । त्यसपछि विभिन्न पदका लागि प्रतिनीधिहरुले आकाङ्क्षा राखिराखेका छन् । त्यस्तै पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले पनि सचिव पदका लागि उम्मेदवारी दिने तयारी गरिरहनु भएको छ । दोलखाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु तथा पार्टी नेताहरुबिच भएको छलफलको क्रममा आफ्नो तयारी सार्वजनिक गर्नुभएको हो ।

पोखरेल वागमती प्रदेशभित्र एमालेका सिनियर र प्रभावशाली नेता हुनुहुन्छ । पाँच दशक कम्युनिस्ट  आन्दोलनमा बिताउनुभएका पोखरेललाई एमालेभित्र  प्रखर वैचारिक नेताका रूपमा चिनिन्छ। उहाँ  कम्युनिस्ट आन्दोलनसँग सम्बन्धित पुस्तकका लेखक, विभिन्न पत्रपत्रिकाका स्तम्भकार, कृषि, जलस्रोत र प्राकृतिक स्रोत विज्ञका रूपमा पनि परिचित हुनुहुन्छ ।

आनन्द प्रसाद पोखरेल :  नेपालको प्रखर कम्युनिस्ट नेताहरू मध्येका एक हुन । लामो समयदेखि बामपन्थि राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका पोखरेल बैचारीक सिद्धान्त निष्ट , ज्ञान, तर्क क्षमता र वाककलाका लागि लोकप्रिय छन् ।  

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज पोखरेल पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत हुनुहुन्छ  । संसदमा तार्किक बहसको लागि कहलिएका थोरै नेताहरु मध्यमा पर्ने पोखरेलका कम्युनिष्ट सिद्धान्त, संगठन र योजनासंग सम्बन्धित केहि पुस्तकहरु समेत प्रकाशीत छन ।

 एमालेको बैचारीक तथा सांगठनिक गतिविधि, कम्युनिष्ट विचार र संगठन, विदेश नीति, जलस्रोत, पर्यटन, बन पैदावर र जलवायु परिर्वतन जस्ता विषयहरुमा केन्द्रीत रहेर बिभिन्न टेलिभिजन तथा एफएम रेडियोहरुले बेला– बेलामा उहाका अन्तर्वार्ता  समेत प्रकासन/ प्रसारण हुँदै आएका छन । राजनीतिक सिद्धान्त, जलवायु परिर्वतन, विकास नीति लगायत थुप्रै विषयमा उहाले अन्तराष्ट्रिय सेमिनारहरुमा समेत कार्यपत्र प्रस्तुत गरिसक्नुभएको छ ।

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर– ३ जफेमा २०१६ साल फागुन २९ गते जन्मिनुभएका आनन्द प्रसाद पोखरेल, पिता इन्द्र प्रसाद पोखरेल र माता रन्धत्ता पोखरेलको जेष्ठ सुपुत्र हुनुहुन्छ । पोखरेलको श्रीमती मिठू पोखरेल, दुई छोरा, एक छोरी, बुहारीहरु र पाँच जना नाति– नातीनाहरु छन् ।

शैक्षिक योग्यता :-

२०३३ सालमा एसएलसी परिक्षा दिनुभएका पोखरेलले विएससी एजी, बिएल तथा ग्रामिण विकास र राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । हाल उहाँ बुद्धदर्शनसंग सम्बन्धि विषयमा एमफिल– पिएचडीको तयारी गर्दै हुनुहुन्छ ।

राजनीतिक यात्रा :-

कक्षा ७ मा अध्यन गर्दैगर्दा २०२९ सालमा अनेरास्ववियुको सदस्यता लिनुभएका पोखरेल २०३२ सालमा अखिल नेपाल कोअर्डिनेशन केन्द्र युथ लिगमा संलग्न भै क्रियाशिल रहनुभएको थियो ।

सामाजिक विकास र राजनीतिक परिर्वतनको चेतना भएका पोखरेल २०३५ साल पौष ११ गते नेकपा माले गठन भएदेखिनै युवाहरुको नेतृत्वगर्दै आन्दोलनमा सक्रिय बन्नुभएको थियो । अध्ययनको सिलसिलामा चितवन पुगेपछि पोखरेल अनेरास्ववियुको चितवन जिल्ला समिति अध्यक्ष, नारायणी अञ्चलको सचिव र सातौ राष्ट्रिय अधिवेशन आयोजक समितिको सदस्य भएर जिम्मेवारी पूरा गर्नुभएको थियो । उहाँ  नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्य, प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च दोलखाको सचिव र जनपक्षिय मञ्चको केन्द्रीय सदस्य समेत बन्नुभयो ।

राजनीतिक परिर्वतनको लागि विद्यार्थी, युवा र शिक्षकको मोर्चामा रहेर बिभिन्न जिम्मेवारी पुरा गर्नुभएका पोखरेलले २०४३ देखि २०४६ सम्म तत्कालिन नेकपा मालेको जिल्ला संगठन समितिको सदस्य रहेर काम गर्नुभएको थियो । विचारमा स्पष्ट र दृढ पोखरेल यो तीन बर्षको अवधिमा बिभिन्न झुट्टा मुद्दाको सामना गर्दै १३ पटक जेल र हिरासतमा रहनुभयो ।

राजनीतिक पार्टीमा नेतृत्व गर्ने क्रममा पोखरेल २०५४ देखी २०५९ सम्म नेकपा एमाले दोलखाको सचिव, २०६० देखि २०७० सम्म नेकपा एमाले बागमति अञ्चल (बागमति प्रदेश) संगठन कमिटी सदस्य, २०७५ सालमा नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य तथा बागमति प्रदेश संगठन कमिटीको सचिव, २०७७ सालमा नेकपा एमाले बागमति प्रदेश संगठन कमिटी अध्यक्ष र २०७८ देखी हालसम्म नेकपा एमालेको केन्द्रीय पोलिटब्युरो सदस्य तथा संगठन विभाग सदस्य रहनुभएको छ । हाल उहाँले नेकपा एमालेको काठमाडौँ जिल्ला इन्चार्जको जिम्मेवारी समेत लिनुभएको छ।  

निर्वाचित पद :-

तत्कालिन नेकपा मालेले पञ्चायत व्यवस्थालाई उपयोग गर्दै जनताको पक्षमा काम गर्ने नीति लिएपछि पोखरेलले २०४३ देखी २०४५ सालसम्म दोलखाको जफे गाउँपञ्चायतमा जनपक्षिय उम्मेदरवारको रुपमा प्रधानमञ्चमा निर्वाचित भै जनताको पक्षमा काम गर्नुभएको थियो । यो अवधिमा पोखरेलले जनताको सेवासंगै राजनीतिक परिर्वतनको लागि समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

२०४६ सालको राजनीतिक परिर्वतन पछि पोखरेल २०५६ देखि २०५९ सम्म प्रतिनिधि सभा सदस्य, २०६३ देखि २०६४ सम्म पुर्नस्थापित संसद सदस्य र २०७० सालमा संविधान सभाको सदस्यमा निर्वाचित हुनुभएको उहाँले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

२०७० सालको संविधान सभा निर्वाचन पछि २०७२ सालमा संविधान निर्माणसंगै गठन भएको पहिलो सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीसमेत बन्नुभएको थियो ।

पञ्चायति कालमा जनपक्षिय प्रधानपञ्च र प्रजातन्त्र प्राप्ति पछि प्रतिनिधि सभा र संविधानसभा सदस्य बन्नुभएका पोखरेलले पञ्चायति व्यवस्थामा प्रधानपञ्च भएपनि जनताको पक्षमा स्पष्ट ढङ्गले बोल्ने, जनसरोकारको विषयहरु उठाउने र राज्यको दवावका बाबजुद पञ्चायतको भण्डाफोर तथा बहुदलको प्रचारमा निरन्तर सक्रिय रहनुभयो । प्रतिनिधि सभा र संविधानसभा सदस्य भएको बेला उहाँ संविधान निर्माण तथा मुलुकको लागि आवश्यक ऐन– कानुन निर्माणसंगै विद्यालय निर्माण, खानेपानी योजना सञ्चालन, सडक तथा सिंचाईको व्यवस्था, हाईड्रो पावर निर्माण, आयआर्जन, सामुदायीक अधिकार लगायतका विषयमा निरन्तर सक्रिय रहदै आउनुभयो ।

२०७२ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बन्नुभएका पोखरेलले नेपालको पर्यटन प्रवद्धन, संस्कृति संरक्षण तथा अन्तराष्ट्रिय पर्यटन बजारमा नेपालको पहिचानको लागि खेलेको भूमिकालाई अहिले पनि सबैले प्रशंसा गर्दछन् । भिजिट नेपाल २०२० को तयारी, धार्मिक पर्यटन प्रर्वद्धन र बुद्ध सर्किट विकासमा देखाएको अग्रसरता, पशुपतिनाथ, बौद्ध, भक्तपुर दरवार क्षेत्र लगायतका सांस्कृतिक सम्पदा पुर्ननिर्माण, हवाई क्षेत्रको सुधार, विमानस्थल सुरक्षा र सुधार सम्बन्धि नीति कार्यान्वयन, दोलखाको कालिञ्चोक, दोलखा भीमेश्वर क्षेत्रको भुकम्पबाट क्षतिग्रस्त सम्पदा पुननिर्माणको कार्ययोजना स्विकृत  गराई  काम सम्पन्न गर्न महत्वपुर्ण योगदान पुर्याउनुभएको थियो । तामाकोशी क्षेत्रलाई धार्मिक तथा पर्यटनको हव बनाउने योजना निर्माण, माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणमा पोखरेलले खेल्नु भएको भूमिका अतुलनीय छ ।

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like