Monday, December 15, 2025

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर २ को वडा कार्यालय भवन उद्घाटन


अगेनो न्यूज ःमंसिर २५- दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर २ को वडा कार्यालय भवन आज उद्घाटन गरिएको छ । भवनको भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो। भवन उद्घाटन अघि स्थानीय परमपरा अनुसार पूजाआजा गरिएको थियो । भीमेश्वर नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष स्टालिङ श्रेष्ठको अध्यक्षतामाभएको कार्यक्रममा,भीमेश्वर नगरपालिका मेयर ईश्वर नारायण मानन्धर,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुबेदी,नेकपा एमालेका ज्ञानेन्द्र प्रधान,नेपाली कम्युनिष्ट पार्टीका अजय प्रधान,राष्ट्रिय प्रजातन्त्र पार्टीका विरशङ्कर शाहि,स्थानीय देवेन्द्र नारायण प्रधान लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो। करिव वर्षको अवधिमा १ करोड २३ लाख २९ हजार ६ सय ७ रुपैयाँ १६ पैसाको लागतमा सुविधा सम्पन्न भवन निर्माण भएको छ ।भवन निर्माण भएसँगै नागरिकलाई सेवा प्रदान गर्न सहजहुने वडा कार्यालयले जनाएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like