Tuesday, December 16, 2025

दोलखाको भटमासेमा सवारी दुर्घटना हुँदा एक जना घाईते


अगेनो न्यूज ःमंसिर २४-दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर ४ भटमासेमा आज सवारी दुर्घटना हुदाँ एक जना घाईते हुनुभएकोे छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्वर ४ भटमासे स्थित चरिकोट मन्थली मुख्य सडक खण्डमा चरिकोटबाट तामाकोशीतर्फ जादै गरेका बा.प्र.०१०२६ च ०१ ९९ नम्वर योद्धा गाडीले विपरित दिशाबाट चरिकोट तर्फ आउदै गरेको बा.८३ प ८४६६ नंम्वरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटर साईकल चालक बैतेश्वर गाउँपालिका वडा नम्वर २ का ३५ वर्षिय भिम कुमार तामाङ घाईते हुनुभएको छ । घाईते तमाङको सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा अस्पतालमा उपचार भईरहेको छ ।दुबै सवारी साधन प्रहरीले नियन्त्रणमा  लिएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like