Monday, September 22, 2025

अलपत्र चरिकोट सभाहल निर्माणका लागि यसवर्ष ३ करोड ९६ लाख रुपैयाँ प्राप्त



अगेनो सम्वादाता ःअसार १४- एक दशकदेखि अलपत्र अवस्थामा रहेको दोलखाको सदरमुकाम चरिकोटको अत्याधुनिक सभाहल निर्माणका लागि चालु आर्थिक वर्ष ३ करोड ९६ लाख रुपैयाँ रकम प्राप्त भएको छ । २०७० साल माघमा काभ्रेपलाञ्चोकमा रहेको सघन सहरी तथा भवन निमार्ण आयोजनाको मार्फत १ करोड ७८ लाखमा ठेक्का लगाएर  निर्माण सुरु गरिएको चरिकोट सभाहल एक दशकभन्दा बढिदेखी अलपत्र अवस्थामा रहेको छ । उक्त अलपत्र अवस्थामा रहेको सभाहल निर्माणका लागि चालु आर्थिक वर्ष २०८२÷०८३ मा सघन सहरी तथा भवन निमार्ण आयोजना मार्फत १ करोड ९६ लाख रुपैयाँ रकम प्राप्त भएको आयोजनाका प्रमुख सुमन सालिकेले जानकारी दिनुभयो । उहाँँका अनुसार सभाहल निमार्णमा पहिलो चरणमा २०७० सालदेखी २०८१ साल सम्म १ करोड ८० लाख रुपैयाँ रकम खर्च भएको छ भने दोस्रो चरणमा करिब १० करोड लागत लाग्ने अनुगमान गरिएको छ । भवन निर्माणका लागि लाग्ने करिब १० करोड रुपैयाँ लागत मध्ये यसवर्ष ३ करोड ९६ लाख रुपैयाँ रकम प्राप्त भएको हो । थप रकम आउने अझै पनि निश्चित नभएको आयोजनाले जनाएको छ । सभाहलको दुई तला ढलान गरेर अलपत्र अवस्थामा छाडिएको छ । २ करोडमा निमार्ण सकिने सभाहल अब निमार्ण पूरा गर्न बढेर १० करोड पुग्ने अनुमान गरिएको छ । सभाहल भुकम्प अघिनै निमार्ण कार्य सुरु गरिएका कारण भुकम्प प्रतिरोधी नभएकाले अब भुकम्प प्रतिरोधीमा रुपान्तरण गर्नका लागि सघन सहरी तथा भवन निमार्ण आयोजनाले सहरी विकास तथा भवन निर्माण विभागमा लेखेर पठाईएको छ । विभागले प्रवलिकरणमा स्विकृत गरेपछि भवन निर्माणको काम सुरु गरिने आयोजनाले जनाएको छ ।




Super Admin

agenonews

Please Login to comment in the post!

you may also like