Monday, September 22, 2025

३४ सयबाट सुरु गरिएको जनसचेतन साकोसको कुलपुँजी २ अर्ब ५३ करोड बढि


अगेनो सम्वादाता ःभदौ १३- जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको कुलपँुजी २ अर्ब ५३ करोड रुपैयाँ भन्दा बढि पुगेको छ । जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्वर ५ मैनापोखरीमा मुख्य कार्यालय रहेको देशकै नमुना जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको गत साउन मसान्त सम्म कुलपुँजी २ अर्ब ५३ करोड ८२ लाख ७२  हजार ३ सय ३६ रुपैयाँ ८२ पैसा पुगेको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले जानकारी दिनुभयो । २०५० साल असोज २२ गते यज्ञराज ढुङगेलको अगुवाईमा ३४ जना शेयर सदस्यको ३४ सय रुपैयाँबाट सञ्चालन गरिएको सहकारीमा गत साउन महिना सम्म कुलपुँजी २ अर्ब ५३ करोड ८२ लाख ७२  हजार ३ सय ३६ रुपैयाँ ८२ पैसा पुगेको हो । सहकारीको विभिन्न कोषमा गत साउन महिना सम्म १२ करोड ४९ लाख ६४  हजार ४ सय ३१ रुपैयाँ ९६ पैसा रहेको छ । स्थानीय जनताहरुको आर्थिक र सामाजिक अभिबृद्धि गर्ने उद्धेश्यले तत्कालिन काब्रे,नाम्दु, मिर्गे र गौरीमुदी गाविसहरु कार्यक्षेत्र बनाएर सञ्चालन गरिएकोमा हाल सहकारीले दोलखा सहित,काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाण्डौँ र ललितपुर गरी १६ वटा सेवा केन्द्रबाट शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको छ । ३४ जना शेयर सदस्यबाट सुरु गरिएको सहकारीमा गत साउनसम्म बालबचताकर्ता बाहेक खुद शेयर सदस्य २७ हजार २ सय १५ जना रहेका छन् भने ३ हजार १ सय २१ जना ऋणी शेयर ऋण सदस्य रहेको पाईएको छ


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like