- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः -भदौ १५- जिल्ला समन्वय समिति दोलखाको १० औं जिल्ला सभाको अवसरमा दोलखाका ४ वटा पालिकालाई सम्मान गरिएको छ । जिल्ला सभाको अवसरमा स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन बढि नम्वर प्राप्त गर्ने जिल्लाका ४ वटा पालिकालाई सम्मान गरिएको हो । सभाको अवसरमा आर्थिक वर्ष २०८०÷०८१स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रथम हुन सफल जिल्लाको शैलुङ गाउँपालिका,स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङ्कनमा पहिलो र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा तेस्रो हुन सफल मेलुङ गाउँपालिक,स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन दोस्रो र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा तृतिय हुन सफल कालिञ्चोक गाउँपालिका रस्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङ्कनमा द्धितिय हुन सफल जिल्लाको जिरी नगरपालिकालाई सम्मान गरिएको हो । जिल्ला समन्वय समिति दोलखाका प्रमुख बजुराम घतानीको अध्यक्षतामा भएको सभामा ४वटा पालिकालाई सम्म्मान पत्र प्रदान गरिएको थियो ।