Thursday, November 6, 2025

दोलखा प्रशासनले पनि रोक्यो सवारी साधनको आवतजावत




अगेनो सम्वादाता ः असोज १८- दोलखा प्रशासनले पनि सवारी साधनको आवतजावत ठप्प पारेको छ ।  सम्भावित विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै दोलखा जिल्ला भर अर्को आदेश नभएसम्मको लागि अत्यावश्यक बाहेक अन्य सवारी साधन आवागमनमा रोक लगाईएको  जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशैभर भारी वर्षाको प्रक्षेपण गरेको छ । यसबाट दोलखावासीलाई पर्न गएको असुविधा प्रति जिल्ला प्रशासन कार्यालय दोलखा क्षमा  समेत मागेको छ।

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like