Tuesday, December 16, 2025

बाढीले पुल भत्किएपछि रबरबोटबाट सुनकोशी तरेर विद्यालय आवतजावत गर्न विद्यार्थी बाध्य


अगेनो न्यूज ःमंसिर २२- गत वर्षको असोजमा गएको बाढीका कारण सुनकोशी नदीको पुल भत्किएपछि बालबालिकाले रवरबोटबाटै विद्यालय आवतजावत गर्न बाध्य भएको पार्र्ईएको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नम्वर १ र सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्वर ६ जोड्ने झोलुङ्गे पुल बाढीले बगाएपछि विगत एक वर्षदेखि विद्यार्थीहरु विहान र बेलुकाको बालबालिका रवरबोटको प्रयोग गरेर विद्यालय जान गर्न बाध्य भएको रत्नगंगा माविका प्रधानाध्यापकनवराज पौडेलले बताउनुभयो । ओखलढुंगाको ढेबुवा र जेरुङका २६ जना विद्यार्थी रबरबोट चढेर जोखिम मोल्दै सुनकोशी नदी पार गरेर पढ्न जान बाध्य भएका हुन्। गाउँमा विद्यालय नभएका कारण उनीहरु नदी बारी रहेको सिन्धुलीको फिक्कल गाउँपालिकाको रत्नगंगा मावि र आधारभूत विद्यालय राईगाउँ तीनखण्डेमा पढ्दै आएका छन्। सिन्धुलीको फिक्कल र ओखलढुंगाको सुनकोशी जोड्ने पुल निर्माण सुरु नहुँदा रवरबोटबाट विद्यार्थीले यात्रा गर्नु परेको हो । बालबालिकाको पढाईमा बाधा पुगेपछि गृहमन्त्रालयबाट गत पुसमा तीनवटा रबरबोट ल्याएर फिक्कल गाउँपालिकाको व्यवस्थापनमा सञ्चालन गरिएको थियो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like