- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःमंसिर १६ -दोलखाको भीमेश्वर नगरपालिकाका निर्वाचित वडा सदस्य र महिला कार्यपालिका सदस्यहरुका लागि सदरमुकाम चरिकोटमा मेन्टरिङ कार्यक्रम आयोजना गरिएको छ । स्थानीय सरकार सवलीकरण परियोजना अन्तरगत दलित महिला केन्द्र नेपालको आयोजना,द एसिया फाउन्डेसनको प्राविधिक सहयोग र भीमेश्वर नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा भीमेश्वर नगरपालिका भित्रका निर्वाचित वडा सदस्य र महिला कार्यपालिका सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा गत भदौ महिनाको २३ र २४ गते भएको जेन–जी विरोध प्रर्दशनपछिको राजनितिक दिशाको बारेमा बृहत छलफल गरिएको थियो । छलफल कार्यक्रममा राजनीतिक शास्त्रका प्राध्यापक कृष्ण खनालले जेनजी आन्दोल,आन्दोलपछि नेपालमा आएका राजनितिक परिवर्तन,आगामी दिनमा राजनितिक दलहरु र जेनजीहरुले खेल्नु पर्ने भुमीका लगायतको बारेमा जानकारी गराउनुभएको थियो । दलित महिला केन्द्रले जिल्लाको भीमेश्वर नगरपालिकामा निर्वाचित महिला सदस्यहरुको क्षमता अभिबृद्धिका लागि नियमित रुपमा मेन्टरसिप कार्यक्रम सञ्चालन गरिरहेको छ ।