- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः कात्तिक १- जेन–जी आन्दोलनका नाममा राज्यका सार्वजानिक तथा व्यक्तिगत सम्पती माथि क्षति हुनु खेदजनक विषय भएको नेकपा एमाले बामगति प्रदेश कमीटी सदस्य एवं बागमती प्रदेश सरकारका वन तथा वातारण मन्त्री भरत बहादुर केसीले बताउनुभयो । शुभदिपावली,नेपाल संवत तथा छठपर्व २०८२ को अवसरमा दोलखाको सदरमुकाम चरिकोटमा आज आयोजना गरिएको भेटघाट तथा चियापान कार्यक्रमलाई सम्वोधन गर्नुहुदैै केसीले जेनजी आन्दोलन शान्तिपूर्ण रूपमा अघि बढेको भएपनि केही घुसपैठकर्ताहरूले राज्यका सार्वजानिक तथा व्यक्तिगत सम्पतीमाथि क्षति गर्नु खेदजनक विषय भएको बताउनु भएको हो । उहाँले गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा राजनीतिक,संघसंस्था र व्यक्तिगत सम्पत्तिलाई क्षति पु¥याउनेलाई काबाहि गर्नु पर्ने समेत बताउनुभयो । साथै केसीले जिल्लाका सरोकारवाला,विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनीधी, सञ्चारकर्मी लगायत नागरिकहरुसँग तिहारको शुभकामना आदान–प्रदान तथा भेटघाट गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भरत बहादुर केसीको आयोजनामा भएको कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ,भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत,मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तमाङ, शैलुङ गाउँपालिका उपाध्यक्ष पार्वती कार्की,एमाले भीमेश्वर नगर कमीटीका अध्यक्ष भोला खतिवडाका,नगरपालिकाका जनप्रतिनीधी, कर्मचारी, नेकपा एमालेका नेता कार्यकर्ता लगायतको सहभागीता रहेको थियो ।