- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः कात्तिक १- शुभदिपावली,नेपाल संवत तथा छठ पर्व २०८२ को अवसरमा दोलखा सदरमुकाम चरिकोटमा आज चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको छ । जिल्लाका सरोकारवाला,विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनीधी,सञ्चारकर्मी लगायत नगरका नागरिकहरुसँग तिहारको शुभकामना आदान–प्रदान तथा भेटघाट गर्ने उद्धेश्यले नेकपा एमाले भीमेश्वर नगर कमीटीको आयोजनामा भएको कार्यक्रममा बागमति प्रदेका वन तथा वातावरण मन्त्री भरत बहादुर केसी,नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ,भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत,मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तमाङ,शैलुङ गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्की,डिभिजन वन कार्यालय दोलखाका प्रमुख कृष्ण न्यौपाने लगायतका नेकपा एमालेका नेता तथा कार्यकर्ता, शिक्षक,कर्मचारी जनप्रतिनीधी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको नेकपा एमाले भीमेश्वर नगर कमीटीका अध्यक्ष भोला खतिवडाले जानकारी दिनुभयो ।