Thursday, November 6, 2025

प्रहरी दिवसमा दोलखाका अमर प्रहरी परिवार सहित विभिन्न व्यक्ती र संस्था सम्मानित


अगेनो सम्वादाता ः असोज ३१ -जिल्ला प्रहरी कार्यालय दोलखाले ७० औं प्रहरी दिवस २०८२ विभिन्न कार्यक्रम गरि मनाएको छ । ७० आँै प्रहरी दिवसको अवरसमा जिल्ला प्रहरी कार्यालय दोलखाले प्रहरी कार्यालयको परिसरमा विभिन्न कार्यक्रम गरि मनाएको हो । प्रहरी दिवसको अवसरमा अमर प्रहरीका परिवार ३ जना,जेष्ठ पुर्वप्रहरी कर्मचारी २ जना, जिल्लामा रहेका सबै सामुदायिक रेडियो,पत्रकार महासंघ,आवाज नेपाल दोलखा, चर्नावति जेष्ठ नागरिक केन्द्र, होटल व्यवसायिक, सामाजिक अभियान्ता राजन बस्नेत लगायतलाई कदर पत्र–प्रदान गरिएको थियो भने १५ जना उत्कृष्ठ प्रहरी कर्मचारीलाई पुरस्कार वितरण गरिएको थियो । प्रहरीलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने निकायलाई पनि प्रहरी दिवसको अवसरमा सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल प्रहरी पुर्वसंगठन दोलखाका उपाध्यक्ष शिव केसी,प्रहरी साझेदारी कार्यक्रमका सदस्य आत्मकृष्ण श्रेष्ठ,नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल र जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सीना लगायतले शुुभकामना मन्तव्य व्यक्त गर्नुुभएको थियो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like