- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः असोज ३०- दोलखाको वैतेश्वर गाउँपालिकामा आज भालुको आक्रमणमा परीएक जनाको मृत्यु भएको छ । जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्वर ३ ठाडे नयाँ बस्तीका ५९ वर्षीय टेक बहादुर तामाङको भालुको आक्रमणबाट आज बिहान मृत्यु भएको हो । तामाङलाई आफ्नै घर देखी अन्दाजी २ सय मिटर पुर्व तर्फ जंगलमा घाँस काट्ने क्रममा भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सीनाले जानकारी दिनुभयो । उहाँका अनुसार भालुको आक्रमणबाट तमाङको घटना स्थलमानै मुत्यु भएको हो ।