- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः असोज ३० दोलखाको भीमेश्वर नगरपालिकाले गत वर्षबाट सुरु गरेको महिला आत्मनिर्भर कार्यक्रम निकै प्रभावकारी भएको पाईएको छ । जिल्लाको भीमेश्वर नगरपालिकाले गत आर्थिक वर्षबाट सुरु गरेको महिला आत्मनिर्भर कार्यक्रम निकै आफुलाई प्रभावकारी लागेको भीमेश्वर नगरपालिका वडा नम्वर २का पेसलकुमारी योगीले बताउनुभयो । उहाँले भन्नु भयो नगरपालिकाले महिला आत्मनिर्भर सम्वन्धी तालिम दिएर तालिम पश्चात आफुले छनौट गरेको व्यावसाय सञ्चालन गर्नका लागि आर्थिक सहयोग समेत गरेको छ । नगरपालिकाले नगरभित्रका ९ वटानै वडामा गत वर्षदेखी महिलाहरुलाई क्षमता विकास तालिम सँगै उनीहरुले गर्न चाहेका व्यावासाय प्रवद्र्धन गर्नका लागि आर्थीक सहयोग समेत गर्ने भीमेश्वर नगरपालिका सामाजिक विकास शाखा संयोजक एंवम वडा नम्वर २का वडा अध्यक्ष स्टालिनले बताउनुभयो । नगरपालिकाले नगर भित्रका १ सय ७७जना महिलाहरुलाई आत्मनिर्भर कार्यक्रम अन्तरगत तालिम प्रदान गरेको छ । तालिम लिएका महिलाहरुलाई व्यावसाय सञ्चान गर्नका लागि १५ हजार रुपैयाँ रकम प्रदान समेत गरिएने नगरपालिकाले जनाएको छ । नगरपालिकाले पालिकाले महिलालाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ नगरभित्रका महिलाहरुलाई तालिम दिईएको होे ।यो नगरपालिकाको सपनाको योजना भएकोे भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत बताउनुभयो । नगरपालिका छनौट भएका महिलाहरुले उत्पदान गरेको बस्तुहरुको बजारीकरणका लागि समेत सहयोग गर्ने उपमेयर बस्नेत बताउनुभयो । नगरपालिकाले सञ्चालन गरेको महिलाहरु आत्मनिर्भर बनाउने कार्यक्रम अरु कार्यक्रम भन्दा निकै फरक र राम्रो भएको गत वर्ष तालिमम लिएका महिलाको भनाई रहेको छ । तालिमा पाएसँगै आफुहरु आत्मनिर्भरका लागि विभिन्न योजनाहरु बनाई रहेको काम गरि रहेको महिलाहरुको भनाई रहेको छ । साथै उनीहरु आफुले उत्पदान गरेको सामग्रीहरुको बजारीकरण गर्नका लागि सहयोग गर्न समेत नगरपालिकालाई अनुरोध गरेका छन् ।