- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः असोज ३१ -शुभदिपावली,नेपाल संवत तथा छठ पर्व २०८२ को अवसरमा दोलखाको सदरमुकाम चरिकोटमा आज भेटघाट तथा चियापान कार्यक्रम आयोजना गरिएको छ । भीमेश्वर नगरपालिकाका उपप्रमुख एंव नेकपा एमाले दोलखाका उपसचिव कमला बस्नेतले नेपालीहरुको दोस्रो महानपर्व शुभदिपावली नेपाल संवत ११४६ तथा छठ पर्व २०८२ को अवसरमा चरिकोटमा भेटघाट तथा चियापान कार्यक्रम आयोजना गर्नुभएको हो । जिल्लाका सरोकारवाला,विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनीधी सञ्चारकर्मी लगायत नगरका नागरिकहरुसँग तिहारको शुभकामना आदान–प्रदान तथा भेटघाट गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बस्नेतले बताउनुभयो । कार्यक्रममा बागमति प्रदेका वन तथा वातावरण मन्त्री भरत बहादुर केसी,भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मान्नधर लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ,मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तमाङ,मेलुङ गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष नवराज खड्का,प्रमुख जिल्ला अधिकारी भोला दाहाल,नेकपा एमाले नगर कमीटीका अध्यक्ष भोला खतिवडा,नेपाली काङग्रेस भीमेश्वर नगर समितिका सचिव रुद्रजङ बुढाथोकी लगायतका जिल्ला सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधी,सरोकारवाला व्यक्तीहरु,पत्रकार नगरपालिकाका कर्मचारी र भीमेश्वर नगरपालिकाका जनप्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।