- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःमंसिर २३- भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस दोलखामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस एवं अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा दोलखा सदरमुकाम चरिकोटमा भ्रष्टाचारको वर्तमान अवस्था, उन्मुलनका लागी सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । हुराडेक नेपाल दोलखाको आयोजना,इन्सेक लगायतका संघ संस्थाहरुको सहयोगमा भएको कार्यक्रममा हुराडेक नेपाल दोलखाका अध्यक्ष होमप्रसाद पाठकले नेपालमा भ्रष्टाचारको अवस्था,नेपालमा भ्रष्टाचारका प्रकार,स्थानीय तह,प्रदेश र संघिय सरकार बनेपछि भएको भ्रष्टाचारको अवस्था र भ्रष्टाचार न्युनीकरण गर्नका लागि सरोकारवालाको भुमीका सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी,प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल,नेपाली कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य गोपाल न्यौपाने,नेकपा एमाले दोलखाको सचिव सोयम बहादुर खड्का, नेपाल बार एसोसिएसन दोलखाका अध्यक्ष कृष्ण बहादुर बस्नेत,नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल,असल शासन समन्वय समिति दोलाखाका अध्यक्ष दिपक बस्नेत,पत्रकारहरु नवराज शिवाकोटी, दिलसागर पौडेल,गैरसरकारी संस्था महासंघ दोलाखाका अध्यक्ष नेत्र मोक्तान र इन्सेकका उद्ववप्रसाद पोखरेलले भष्ट्राचार न्युनीकरण गर्नका नागरिक, राजनितिक,सम्वनधीत सरोकारवाला निकायहरूरु एक जुटहुनुपर्नेमा जोडदिनुभयो ।