- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःमंसिर २३- लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तरगत आज दोलखामा विभिन्न कार्यक्रम गरिएको छ । अभियानको अवसरमा आज भीमेश्वर नगरपालिकाको आयोजना,विभिन्न संघ संस्थाको सहयोगमा चरिकोटको पशुपतिडाँडाबाट निकालिएको ¥याली पुरानो बजारहुदैँ सातादोबाटोमा आएर कोण सभापमा परिणत भएको थियो । कोण सभालाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी,भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर,उपप्रमुख कमला बस्नेत,प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल,जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक ज्ञानकुमार महतो,भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी,नेकपा एमाले दोलखाका सचिव सोयम बहादुर खड्का,नेपाली काङ्ग्रेसका प्रतिनिधि राजन बस्नेत,नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल लगायतले सम्वोधन गर्नुहुदैँ लैंगिक हिंसा न्युनीकरणका लागि सबै एक जुटहुन पर्ने बताउनुभएको थियो । अभियानअन्तर्गत यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ र राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँःलैंगिक हिंसा अन्त्य गरौँ’भनेर तय गरिएको छ ।